विश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यहि सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने तयारी छ ।
काठमाडौं — सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम दिकि शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छन् । आज बिहान ८:५७ बजे शेर्पाले ६ हजार ११९ मिटर अग्लो उक्त हिमालको सफल आरोहण गरेकी हुन् ।
विश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यहि सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने तयारी छ । यसअघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झन्डा प्रदान गरेर बिदाइ गरिएको थियो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार सशस्त्र प्रहरी बलबाट यसअघि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्त बहादुर छन्त्यालले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
