सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र साहसँग सुन मात्रै १९० छ । यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ भने गृह मन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मन्त्री तथा प्रधानमन्त्रीको सम्पत्ति विवरणा सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र साहसँग सुन मात्रै १९० तोला सुन रहेको छ । यस्तै, अर्थमन्त्रीसँग ४५ तोला सुन रहेको छ भने गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
कानुनमन्त्री सोविता गौतमसँग १५ तोला सुन रहेको छ भने शिक्षामन्त्री सस्मित पोखरेलसँग २५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग १८ तोला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग ३० तोला, कृषिमन्त्री गीता चौधरीसँग ५ तोला, सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, ऊर्जा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला, स्वास्थ्यमन्त्री निशा मेहत्तासँग ३० तोला, पर्यटनमन्त्री खडक राज पौडेलसँग ११ तोला रहेको उल्लेख छ ।
सञ्चारमन्त्री विक्रम तिमल्सिनासँग ५ तोला, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गौरी कुमारी यादवसँग १८० तोला र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय रामजी यादवसँग ८० तोला सुन रहेको छ ।
