नवनियुक्त दुई मन्त्रीले लिए शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् ।

चैत्र २७, २०८२

कान्तिपुर संवाददाता

Two newly appointed ministers take oath

काठमाडौँ — नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन् । 

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले आजै उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेका थिए । 

कान्तिपुर

Link copied successfully