कुन कानुन टेकेर अदालतले देउवा दम्पतीलाई जारी गर्‍यो पक्राउ पुर्जी ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा गत सोमबारै निवेदन दिएको थियो ।

चैत्र २६, २०८२

किरण पौडेल

Based on which law did the court issue the arrest warrant for the Deuba couple?

What you should know

काठमाडौं — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई आधार मानेको छ ।

आयोगले गत साेमबार देउवा दम्पति पक्राउका लागि काठमाडौं जिल्ला अदालतमा बुझाएको पत्रमा  मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा (२) र (४), सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १५ क तथा ऐनको दफा १६ को उपदफा (१) को देहाय खण्ड (क) उल्लेख गरेको छ ।  

विभागको यही अनुपतिपत्रका आधारमा मंगलबार अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो । देउवा दम्पत्ति विदेशमा छन् ।

पक्राउ अनुमति पत्रको प्रतिलिपि कान्तिपुरले प्राप्त गरेको छ । सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि बुधबार उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।  Based on which law did the court issue the arrest warrant for the Deuba couple?

आयोगको पत्रमा भनिएको छ, 'प्रस्तुत विषयमा सम्पत्ति शुद्धिकरणको कसुरको अनुसन्धानको सिलसिलामा डडेलधुरा जिल्ला गन्यापधुरा गाउँपालिका वडा नं. २ वतन भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. २ बस्ने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजकी पत्नीलाई पक्राउ गर्न पर्ने भएकाले निजहरुलाई पक्राउ गरी सम्पत्ति शुद्धिकरणको कसुरको अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (२) र (४), सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १५ क तथा ऐनको दफा १६ को उपदफा (१) को देहाय खण्ड (क) समेत बमोजिम पक्राउ अनुमतिको लागि सादर अनुरोध छ ।' 

किरण

Link copied successfully