नरेन्द्र श्रेष्ठ ‘वर्ल्ड प्रेस फोटो’बाट पुरस्कृत

नेपाली फोटो पत्रकार श्रेष्ठको गत भदौ २४ मा जेन-जी प्रदर्शनका बेला आगजनीपछि जल्दै गरेको नेपालको मुख्य प्रशासनिक भवन, सिंहदरबारको तस्बिरले वर्ल्ड प्रेस फोटो-०२६ को वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रबाट 'सिंगल' क्याटेगोरीमा प्रथम स्थान हासिल गरेको हो ।

चैत्र २६, २०८२

दया दुदराज

Narendra Shrestha awarded by 'World Press Photo'

What you should know

काठमाडौँ — विश्वभरका फोटो पत्रकारहरूबीच सबैभन्दा प्रतिष्ठित 'वर्ल्ड प्रेस फोटो' अवार्डमा यस वर्ष नेपालका नरेन्द्र श्रेष्ठले ऐतिहासिक सफलता हात पारेका छन् । 

सन् १९५५ मा नेदरल्याण्डबाट सुरु भएको यो प्रतियोगिताको ७१ औं वर्षमा यस वर्ष श्रेष्ठले वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रबाट 'सिंगल' क्याटेगोरीमा अवार्ड जितेका हुन् । श्रेष्ठको गत भदौ २४ मा जेन-जी प्रदर्शनका बेला आगजनीपछि जल्दै गरेको नेपालको मुख्य प्रशासनिक भवन, सिंहदरबारको तस्बिरले वर्ल्ड प्रेस फोटो-०२६ को वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया क्षेत्रबाट 'सिंगल' क्याटेगोरीमा प्रथम स्थान हासिल गरेको हो ।

Narendra Shrestha awarded by 'World Press Photo'

३७ सयभन्दा बढी फोटोग्राफरबीचको प्रतिस्पर्धा यस वर्षको प्रतियोगितामा विश्वका १४१ देशका ३ हजार ७ सय ४७ जना फोटोग्राफरहरूले सहभागिता जनाएका थिए । कूल ५७ हजार ३७६ तस्बिरहरूमध्येबाट श्रेष्ठको तस्बिर उत्कृष्ट ठहरिएको हो । 

आफ्नो २५ वर्ष लामो करियरमा यसलाई उनी सबैभन्दा ठूलो सपना पूरा भएको क्षण मान्छन् । हुलाकबाट सुरु भएको यात्रा आफ्नो करियरको सुरुवात कान्तिपुर पब्लिकेसन्सबाटै गरेका श्रेष्ठ पुराना दिन सम्झँदै भन्छन्, 'सन् २००० तिर हामी १०-१२ जना फोटोग्राफरहरू मिलेर हुलाकमार्फत फोटो पठाउँथ्यौँ । त्यतिबेला अवार्ड जित्ने लक्ष्यभन्दा पनि सहभागी भएबापत पाइने 'वर्ल्ड प्रेस फोटो'को वार्षिक पुस्तक (बुक) पाउनु नै हाम्रा लागि ठूलो कुरा हुन्थ्यो ।'

नेपालका ठूला राजनीतिक परिवर्तन र प्राकृतिक विपत्तिका तस्बिरहरूले यसअघि पनि 'वर्ल्ड प्रेस फोटो'मा स्थान नपाएका भने होइनन् । 

सन् २००६ को जनआन्दोलन र २०१५ को भूकम्पका बेला खिचिएका तस्बिरहरूले अवार्ड जिते पनि ती प्राय: विदेशी फोटोग्राफरहरूले खिचेका हुन्थे । 

'घटना हुँदा सबभन्दा पहिला पुग्ने हामी स्थानीय फोटोग्राफर नै हौँ, तर विदेशीले खिचेका फोटोले अवार्ड जित्दा एक किसिमको हुटहुटी हुन्थ्यो,' श्रेष्ठ भन्छन्, 'आज एक नेपालीले नै यो अवार्ड जित्नु सम्पूर्ण नेपाली फोटो पत्रकारिताकै लागि एउटा माइलस्टोन हो ।'

अवार्ड वितरण आगामी मे महिनामा यो प्रतिष्ठित अवार्डको औपचारिक वितरण आगामी मे २८ तारिखमा नेदरल्याण्डमा हुनेछ । अवार्डसँगै विजेताले नगद एक हजार युरो र अन्य सम्मानहरू प्राप्त गर्नेछन् । विश्वभरका फोटो पत्रकारहरूका लागि यो अवार्ड पाउनुलाई एउटा अन्तिम इच्छा र ठूलो गौरवको विषय मानिन्छ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully