न्याय परिषद्‍ले गर्‍यो सैनिक अदालतको अध्यक्ष र जिल्ला न्यायाधीश सिफारिस 

बुधबार बसेको परिषद्‍को बैठकले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारुलाई तोक्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।

चैत्र २५, २०८२

दुर्गा दुलाल

Judicial Council recommends chairman of military court and district judge

काठमाडौँ — न्याय परिषद्‍ले काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईलाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । 

बुधबार बसेको परिषद्‍को बैठकले सैनिक विशेष अदालतको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारुलाई तोक्न नेपाल सरकारलाई सिफारिस गरेको छ । त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणको निर्णयउपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश टंकबहादुर गुरुङलाई तोक्न सिफारिस गर्ने निर्णय गरेको छ । 

उच्च अदालत पाटनकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा सरुवा गर्ने निर्णय गरेको छ । 

उच्च अदालत जनकपुरका न्यायाधीश श्यामकुमार भट्टराईलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउने सिफारिस गरेको छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully