भ्रामक सूचना फैलाएको आरोपमा अबुधाबीमा ३७५ जना पक्राउ

प्रहरीले डर फैलाउने र गलत जानकारी दिने काम कानुनविरुद्ध हुने भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ।

चैत्र २५, २०८२

होम कार्की

375 people arrested in Abu Dhabi for spreading misleading information

काठमाडौँ —  

यूएईको अबुधाबी प्रहरीले  सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा ३७५ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार युद्धसम्बन्धी गलत सूचना खिच्ने र शेयर गर्नेलाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ पर्नेको राष्ट्रियता खुलाएको छैन । 

पक्राउ परेकाहरूलाई कानुनी कारबाहीका लागि सार्वजनिक अभियोजनमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले डर फैलाउने र गलत जानकारी दिने काम कानुनविरुद्ध हुने भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ।

साथै, सबैलाई आधिकारिक स्रोतबाट आएको जानकारी मात्र विश्वास गर्न र हल्ला वा अपुष्ट खबर शेयर नगर्न आग्रह गरिएको छ। प्रहरीले सामाजिक सञ्जालमा यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको जनाएको छ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully