संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक परेको खण्डमा सरकारले सवारी साधनमा जोर/बिजोर प्रणालीसमेत लागू गर्न सक्ने बताइन् ।
काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आम नागरिकलाई सम्भव भएसम्म घरबाटै काम (वर्क फ्रम होम) गर्न आग्रह गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वर्क फ्रम होमका लागि आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी हुन् ।
मन्त्री रावलले /पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यक परेको खण्डमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली समेत लागू गर्न सक्ने बताइन् । साथै उनले सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन आह्वान गरेको पनि जानकारी दिइन् ।
