यूएईमा गम्भीर घाइते नेपाली खतरामुक्त

दुबईस्थित महावाणिज्य दूतको कार्यालय अनुसार घाइते नेपालीको अस्पतालमा उपचार भइरहेको छ।

चैत्र २४, २०८२

होम कार्की

Nepali seriously injured in UAE out of danger

काठमाडौँ — यूएईको खोर फक्कनमा गम्भीर घाइते भएका एक नेपाली श्रमिकको अवस्था खतरामुक्त रहेको छ । उनी आइतबार साँझ भएको मिसाईल आक्रमणमा गम्भीर घाइते भएका थिए । तर त नेपालीको पहिचान खुलाइएको छैन । 

दुबईस्थित महावाणिज्य दूतको कार्यालय अनुसार घाइते नेपालीको अस्पतालमा उपचार भइरहेको छ। महावाणिज्य दूतावासका प्रतिनिधिहरूले अस्पताल पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका र नेपालस्थित परिवारसँग सम्पर्क गरी त्यसबारे जानकारी गराएको जनाइएको छ।

मध्यपूर्वमा विकसित भइरहेका पछिल्ला परिस्थितिका सन्दर्भमा यूएईमा बसोबास गरिरहेका नेपाली नागरिकलाई त्यहाँको सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन र मार्गदर्शनको पूर्ण पालना गर्न महावाणिज्य दूतावासले अनुरोध गरेको छ ।

साथै, आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र त्यसअनुसार सतर्क रहनसमेत आग्रह गरिएको छ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully