चिनियाँ राजदूतले भेटे परराष्ट्रमन्त्री

चिनियाँ राजदूतले चीनका परराष्ट्रमन्त्री वाङ यी को तर्फबाट प्राप्त बधाई तथा शुभकामना सन्देश मन्त्री खनाललाई सुनाएका थिए । 

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Chinese Ambassador meets Foreign Minister

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मन्त्री खनाललाई भेटेको भोलिपल्ट चिनियाँ राजदूतले भेटेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राजदूतले मन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन् । खनाल परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूतहरूले शिष्टाचार भेटको क्रम सुरू भएको छ ।

Chinese Ambassador meets Foreign Minister

चिनियाँ राजदूतले चीनका परराष्ट्रमन्त्री वाङ यीका तर्फबाट प्राप्त बधाई तथा शुभकामना सन्देश मन्त्री खनाललाई सुनाएका थिए । भेटका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ र सदृढ बनाएर लैजाने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

कान्तिपुर

Link copied successfully