वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल पनि देखाउनु पर्ने

विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Workers going for foreign employment will now have to show their ticket receipts at the airport.

काठमाडौँ — वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा टिकटको बिल पनि अनिवार्य देखाउनु पर्ने भएकाे छ । वैदेशिक राेजगार  विभागले साेमबार सूचना जारी गर्दै २९ चैतदेखि यस्ताे व्यवस्था लागु हुने जानकारी दिएको हाे । 

यो व्यवस्था व्यक्तिगत र म्यानपावर कम्पनीमार्फत जाने दुवै श्रमिकका हकमा लागु हुनेछ ।

त्यस्तै, विभागले म्यानपावर कम्पनीमार्फत जाने श्रमिकले आफूले तिरेको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नु पर्ने जनाएको छ ।

विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

विभागले यो व्यवस्था श्रमिकको पारदर्शीता र ठगी नियन्त्रणका लागि लागू गरिएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully