भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका थिए।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Indian Ambassador meets Foreign Minister

काठमाडौँ — नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।

सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस जयशंकरको तर्फबाट मन्त्री खानाललाई पदभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका थिए।

भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

कान्तिपुर

Link copied successfully