राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी सांसद भण्डारीको उम्मेदवारी

संघीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज एमालेकी सांसद लीलाकुमारी भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

UML MP Bhandari's candidacy for the post of National Assembly Deputy Speaker

काठमाडौं — राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन् । 

संघीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो ।

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दंगाल र समर्थकमा कांग्रेसका कृष्णबहादु रोकाया, नेकपाका मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् । 

कान्तिपुर

Link copied successfully