शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा छुटे

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी आइतबार छाडेको हो ।

चैत्र २२, २०८२

मातृका दाहाल

Shankar Group Chairman Shankarlal Agarwal released on bail

काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी आइतबार छाडेको हो । सोही कसुरमा उनका छोरा शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाल भने विभागको हिरासतमा छन् । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई हाजिरी जमानीमा रिहा गरिएको र सुलभलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतसमक्ष १० दिनको म्याद मागिएको छ । 

विभागले शंकरलाललाई शुक्रबार पक्राउ गरेको थियो । उनी पक्राउपछि छोरासमेत रहेका जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ फरार भएकामा उनी पनि आइतबार समातिएका थिए । 

इन्फिनीटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट पक्राउ परेपछि उनीसँगै जोडिएका शंकास्पद कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानमा शंकर ग्रुपका सञ्चालकहरु पनि तानिएका थिए ।विभागले यो प्रकरणको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully