शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पाँच दिन थुनामा राख्न अनुमति

जिल्ला अदालतले आइतबार उनलाई पहिलो पटक पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो । जिल्ला न्यायाधीश जगत पौडेलको इजलासले यस्तो अनुमति दिएको हो ।

चैत्र २२, २०८२

दुर्गा दुलाल

Permission granted to detain Shankar Group owner Sulav Agarwal for five days

काठमाडौँ — सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका श‌ंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ । जिल्ला अदालतले आइतबार उनलाई पहिलो पटक पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो । जिल्ला न्यायाधीश जगत पौडेलको इजलासले यस्तो अनुमति दिएको हो । 

शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आइतबार बिहान नियन्त्रणमा लिएको  थियो । विभागले अनुसन्धानकै क्रममा सुलभका बाबुसमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।

इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेको पर्सिपल्टै छोरा सुलभलाई पनि पक्राउ गरिएको थियो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो । 

करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully