महान्यायाधिवक्तामा नारायण कँडेल नियुक्त

सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएकाे हाे ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Narayan Kandel appointed as Attorney General

काठमाडौँ — सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेललाई नियुक्त गरेकाे छ ।

सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएकाे हाे । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा रहने गर्छन् । सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताकाे हाे । 

उनी रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी थिए ।

कान्तिपुर

Link copied successfully