विद्युत् व्यवसायीहरूको अन्तरजिल्ला फुटसलमा काठमाडौं विजयी

विद्युत् व्यवसाय संघ चितवनको आयोजनामा सम्पन्न ‘इलेक्ट्रा इलेक्ट्रिक कप’ फुटसल प्रतियोगितामा काठमाडौं लायन्स प्रथम तथा काठमाडौं टाइगर्स द्वितीय भएको संघका उपाध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए ।

चैत्र २२, २०८२

विवेक पोख्रेल

Kathmandu wins in inter-district futsal tournament for electricity professionals

काठमाडौँ — देशभरका विद्युत् व्यवसायीहरूबीच पहिलोपटक चितवनमा आयोजित अन्तरजिल्ला फुटसल प्रतियोगितामा काठमाडौं जिल्ला विजयी भएको छ । 

विद्युत् व्यवसाय संघ चितवनको आयोजनामा सम्पन्न ‘इलेक्ट्रा इलेक्ट्रिक कप’ फुटसल प्रतियोगितामा काठमाडौं लायन्स प्रथम तथा काठमाडौं टाइगर्स द्वितीय भएको संघका उपाध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा देशका विभिन्न ८ जिल्लाबाट नौ वटा टोलीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिता नेपाल विद्युत् व्यवसायी महासंघको प्रवर्द्धनमा तथा चितवन उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरिएको हो ।  सुवेदीका अनुसार  प्रतियोगिताले देशभरका व्यवसायीहरूलाई एउटै मैदानमा जोड्दै खेलकुद, ऊर्जा र एकताको सन्देश प्रवाह गरेको बताए । 

कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल विद्युत् व्यवसायी महासंघ कार्यवाहक अध्यक्ष गोपाल अग्रवाल रहेका थिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully