विभागले पीडितले आफू ठगिएको भन्दै उजुरी दिएको आधारमा रकम असुल गर्ने एजेन्टको नाम सार्वजनिक गरेको हो ।
काठमाडौँ — वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई ठगी गर्ने ३५२ जना एजेन्टको नामावली शुक्रबार सार्वजनिक गरेको छ ।
विभागले पीडितले आफू ठगिएको भन्दै उजुरी दिएको आधारमा रकम असुल गर्ने एजेन्टको नाम सार्वजनिक गरेको हो । विभागले गत फागुन १७ देखि चैत १७ सम्म उजुरी परेको एजेन्टको नामावली सार्वजिनक गरेको हो । उनीहरुले युरोप, खाडी क्षेत्र, मलेसियालगायत देशमा रोजगारीमा पठाइदिने भन्दै रकम उठाएका थिए ।
विभागले उनीहरुविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
![These are the 352 agents who cheat in foreign employment [List]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/baideshik-rojgar-02102023043130-1000x0-2992025121116-1000x0.jpg&w=1001&h=0)