‘महिला चलचित्र महोत्सव’को समापन समारोहमा रीना मोक्तानसहित अभिनेत्री गौरी मल्ल, ऋचा शर्मा, सारदा गिरी, अञ्जना बराइली, लक्ष्मी श्रेष्ठ, गायिका देविका बन्दना, गौमाया गुरुङ, प्रज्ञा जोशी र गीता अधिकारीलाई सम्मान दिइएको हो ।
काठमाडौँ — कान्तिपुरकर्मी रीना मोक्तान सम्मानित भएकी छन् । चलचित्र विकास बोर्डद्वारा आयोजित ‘महिला चलचित्र महोत्सव’को समापन समारोहमा बोर्डले मोक्तानलाई सम्मानपत्रसहित नगद २५ हजार प्रदान गरेको हो ।
मोक्तानसहित यो समारोहमा अन्य ९ महिला फिल्मकर्मीलाई सम्मान गरिएको छ । अभिनेत्री गौरी मल्ल, ऋचा शर्मा, सारदा गिरी, अञ्जना बराइली, लक्ष्मी श्रेष्ठ, गायिका देविका बन्दना, गौमाया गुरुङ, प्रज्ञा जोशी र गीता अधिकारीलाई यो सम्मान दिइएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गर्ने भनिएको यो कार्यक्रम विविध कारणले ‘महिला चलचित्र महोत्सव’को अवसरमा गरिएको हो । यो सम्मान फिल्म क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दिइएको हो ।
