३ दिनभित्र कर्मचारी दरबन्दी विवरण पठाउन स्थानीय तहलाई निर्देशन

मन्त्रालयको संगठन विकास शाखाले जारी गरेको पत्रअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले स्थानीय तहलाई उक्त विवरण उपलब्ध गराउन भनिएको हो ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Instructions to local levels to send details of employee positions within 3 days

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरू (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाँउपालिकाअर्न्तगतका निकायहरू)को कर्मचारीको स्वीकृत दरबन्दीको एकीकृत विवरण ३ दिनभित्र पठाउन निर्देशन दिएको छ । 

मन्त्रालयको संगठन विकास शाखाले जारी गरेको पत्रअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले स्थानीय तहलाई उक्त विवरण उपलब्ध गराउन भनिएको हो । 

पत्रमा स्थानीय तहअन्तर्गतका निकायहरूका कर्मचारीहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएकाे छ । 

मन्त्रालयले तोकिएको समयसीमाभित्र विवरण उपलब्ध गराउन नसके सेवा व्यवस्थापन र जनशक्ति योजना निर्माणमा समस्या आउने उल्लेख गरेको छ । साथै, सूचना तथा प्रविधि शाखालाई उक्त विवरण वेबसाइटमा अपलोड गर्ने जिम्मेवारी समेत दिएको छ । नयाँ सरकार गठनसँगै मन्त्रालयले स्थानीय तहमा रिक्त कर्मचारीको खटाउँदै आइरहेको छ । 

कान्तिपुर

Link copied successfully