जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री गुरुङ

मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Home Minister Gurung visits hospital to meet Gen-G protest victims

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन् । घाइतेहरूलाई पूर्व सांसद डा. सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएका छन् । 

सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा. सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए । 

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए । डा. शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझे । 

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा. शर्माले बताए । 

शर्माले भने, ‘तपाईं आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ । यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु ।’

गृहमन्त्री गुरुङले जेन–जी आन्दोलनका क्रममा भएका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिए । मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए । 

कान्तिपुर

Link copied successfully