जापानबाट २३ विद्यार्थीले एसईई दिँदै

जापानका लागि कार्यवाहक राजदुत हरिहरकान्त पौडेलले बिहीबार परीक्षा सञ्चालन भइरहेकाे एभरेष्ट ईन्टरनेशनल स्कुलमै पुगेर परीक्षा व्यवस्थापन तथा विद्यार्थीहरूको उपस्थितिबारे निरीक्षण गरेका छन् ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

23 students from Japan taking SEE

काठमाडौं — जापानमा बस्दै आएका २३ जना नेपाली विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका छन् । १४ छात्रा र ९ छात्रले परीक्षा दिइरहेको जापानस्थित नेपाली राजदुतावासले जनाएको छ ।

जापानका लागि कार्यवाहक राजदुत हरिहरकान्त पौडेलले बिहीबार परीक्षा सञ्चालन भइरहेकाे एभरेष्ट ईन्टरनेशनल स्कुलमै पुगेर परीक्षा व्यवस्थापन तथा विद्यार्थीहरूको उपस्थितिबारे निरीक्षण गरेका छन् ।

दुतावासले प्रवासमै रहेर नेपाली शैक्षिक प्रणालीअनुसार परीक्षा दिने अवसरलाई महत्वपूर्ण उपलब्धि भन्दै यस्तो अवसर उपलब्ध गराउने एभरेष्ट स्कुलप्रति आभार व्यक्त गरेको छ ।

विदेशस्थित यस्तो केन्द्रले प्रवासी नेपाली समुदायका विद्यार्थीलाई स्वदेशसँग शैक्षिक रूपमा जोडिराख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको सरोकारवालाहरूको भनाइ छ ।

कान्तिपुर

Link copied successfully