प्रतिपक्षीको आवाज कमजोर नबनाइने पनि उनले बताए ।
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न चाहेको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा उनले कर्मचारी र सरकारले मिलेर काम गर्ने बताए । यसअघि बहुमतका सरकार बने पनि अवसरलाई परिणाममा बदल्न नसकेको उनको भनाइ थियो ।
प्रतिपक्षी दललाई उनले आफूहरुलाई सच्याउन खबरदारी गरिरहन आग्रह गरे । 'हामीमा कुनै अहंकार नहोस्, निर्णय एकतर्फ नहुन्,' उनले भने ।
प्रतिपक्षीको आवाज कमजोर नबनाइने पनि उनले बताए ।
