सांसद गुरु बरालले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गरे ।
काठमाडौँ — प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उभिएर विराेध जनाएका छन् ।
विरोधपछि सभाको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए । उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउको विरोध गर्दै रिहा गर्न माग गरे । शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न पनि उनले आग्रह गरेका छन् ।
काठमाडौं लगायत विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले दमन गरेको, घाइते बनाएको भन्दै उनले आपत्ति जनाए ।
