नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरुले स्वेच्छिक रुपमा राजीनामा दिँदै विधिको पालनमा सहयोग गर्न अपिल गर्छु ।'
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुलाई राजीनामा गरिदिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले राजीनामा दिएर विधिको पालना गर्न आग्रह गरे । 'यो सरकार जेनजी विद्रोहको पनि सन्तान हो । हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरुले स्वेच्छिक रुपमा राजीनामा दिँदै विधिको पालनमा सहयोग गर्न अपिल गर्छु,' उनले भने ।
सरकारले अब नयाँ नीति, कानुन, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुुक्ति प्रक्रिया लागू गर्ने उनले जानकारी गराए । 'हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारिहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनहुनेछ भन्ने अपेक्षा गर्छु,' उनले भने ।
