पुनको स्वीकारोक्ति : २०६४ को विजयलाई माओवादीले सदुपयोग गर्न जानेन

रचनात्मक रुपमा सकारलाई सहयोग पुर्‍याउने उनले प्रतिबद्धता जनाए ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Pun's confession: Maoists will not know how to utilize the victory of 2064 BS

काठमाडौँ — नेकपा नेता वर्षमान पुनले सामाजिक रुपान्तरणका मुद्दादेखि संविधान संशोधनसम्म आफ्नो पार्टीले सरकारलाई सहयोग पुर्‍याउने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले रचनात्मक रुपमा सकारलाई सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

२०६४ मा माओवादीको विजय स्मरण गर्दै उनले त्यसलाई सदुपयोग गर्न नजानेको स्वीकारे । 'त्यो विजयलाई सदुपयोग गर्न जानेनौं, सकेनौं । पछि नेकपाले पनि झन्डै दुई तिहाइ मत ल्यायो तर त्यहाँ पनि कमजोरी रहे ।' यसलाई शिक्षा लिएर अघि बढ्न रास्वपालाई उलने सुझाव दिए । २०७४ सालमा चुनावी तालमेल गरेका एमालेले र माओवादी केन्द्रले २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएका थिए । झन्डै दुई तिहाइ बहुमत पाए पनि पछि पार्टी नै फुटको अवस्थामा पुगेको थियो।

नयाँ जनमतलाई स्वीकार्दै काम गर्ने वातावरण दिने र सचेत खबरदारी गर्दै अघि बढ्ने पुनको भनाइ थियो ।संसद्मा महिला सहभागिता बढेकामा पनि उनले खुसी व्यक्त गरे ।

माओवादी जनयुद्ध, मधेश आन्दोलन हुँदै जेन-जी आन्दोलनसम्मका उपलब्धिको जगमा यहाँसम्म आइपुगेको उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully