पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थप दुई दिन थुनामा राख्न अनुमति

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन अनुसन्धानका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Permission granted to detain former Prime Minister Oli and former Home Minister Lekhak for two more days

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन अनुसन्धानका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले दुई दिन म्याद थप गर्ने आदेश दिएको हो ।

ओली अस्पताल भर्ना भएकाले भर्चुअल म्याद थप भएको हो ।

गत आइतबार जिल्ला अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पाँच दिन सकिएपछि प्रहरीले थप समय थुनामा राख्ने अनुमति मागेको हो ।

दुवै जनालाई जेन–जी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका आधारमा गत शनिबार पक्राउ परिएको थियो ।

कान्तिपुर

Link copied successfully