टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर 

अधिकारीसहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको छ । अधिकारीसँग ६ करोड ५२ लाख २९ हजारबराबर क्षतिपूर्ति पनि मागदाबी गरिएको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Money laundering case filed against 6 people, including ticket tax official, Tulsa

काठमाडौँ — जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सामाजिक सञ्जालमा सक्रिय तुलसा कलेक्सनको नामले चर्चित भएकी टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । 

बिहीबार जिल्ला अदालत ललितपुरमा हुण्डीबाट पठाई र पठाउन लगाई सम्पत्ति शुद्धीकरणको कार्य गरेको दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो । 

हुन्डीसम्बन्धी कसूरसमेतका सम्बद्ध कसूरबाट आर्जित  सम्पत्तिको गैरकानुनी स्रोतको रूपान्तरण, हस्तान्तरण तथा कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोबार अधिकार र स्वामित्व बदल्ने एवं लुकाउनेलगायतका कार्य गरी २१ करोड १२ लाख २० हजार ४ सय ६ बिगो कायम गरी  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन,२०६४ (संशोधन सहित) को दफा ३ को उपदफअनुसार सजाय माग गरिएको छ ।  

अधिकारीसहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको छ । अधिकारीसँग ६ करोड ५२ लाख २९ हजारबराबर क्षतिपूर्ति पनि मागदाबी गरिएको छ ।

कान्तिपुर

Link copied successfully