विमानस्थल निरीक्षणपछि गृहमन्त्री गुरुङको निर्देशन -  'नागरिकलाई दुःख नदिइ सेवा प्रवाह गर्नू' 

बिहीबार साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुगेका उनले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताए ।

चैत्र १९, २०८२

रासस

Home Minister Gurung's instructions after airport inspection - 'Provide services without causing inconvenience to citizens'

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रने र बाहिरिने यात्रुलाई कुनै प्रकारको दुःख नदिइ सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  

बिहीबार साँझ विमानस्थलको सेवा प्रवाहबारे आकस्मिक निरीक्षणमा पुगेका उनले विदेशमा पसिना बगाएर स्वदेश फर्किएका नागरिकले दुःख पाउनुपर्ने अवस्था अब सदाका लागि अन्त्य हुनुपर्ने बताए । 

गृहमन्त्री गुरुङले आगामी दिनमा गुनासो नआउने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै नागरिकको गुनासो सुनिए कडा कारबाही गर्ने चेतावनी दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

रासस

Link copied successfully