जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई गिरफ्तार गरेको हो ।
चितवन — मालपोत कार्यालय भरतपुरमा अनधिकृत रुपमा प्रवेश गर्ने ६ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार (आज) उनीहरूलाई गिरफ्तार गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ ।
सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ।
त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ।
