गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसहितको टिमसँग छलफल

विपद् जोखिम न्यूनीकरण र सीमा गस्ती कडा बनाउने विषयमा कुराकानी

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Home Minister Gurung held discussions with a team including Armed Forces IGP Aryal

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सशस्त्रका आईजीपी राजु अर्यालसहितको टिमसँग छलफल गरेका छन् । बैठकमा विशेष गरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । 

सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ । साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ । तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ ।

कान्तिपुर

Link copied successfully