बैठकमा नेता शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, शशांक कोइराला, एनपी सावद, मिनेन्द्र रिजाल, बलबहादुर केसी, बद्री पाण्डे, जीवन परिवारलगायत ८२ नेता उपस्थिति छन् ।
What you should know
काठमाडौं — कांग्रेसका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षीय बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमामा सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो ।
खड्काले ‘कार्यबाहक सभापति’ कै हैसियतमा समानान्तर रुपमा ‘केन्द्रीय कार्यसमिति’ बैठक भन्दै बोलाएपछि कांग्रेसभित्र विवाद चुलिएको छ । संस्थापन पक्षले खड्काको समानान्तर गतिविधिमाथि अनुशासनको कारबाही गर्ने संकेत दिएको छ । केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले भोलि बुधबारका लागि बैठक बोलाएका छन् ।
निर्वाचनमा पार्टी हारको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको हो । संस्थापनपक्षले निर्वाचन हारको समीक्षा बैठक सकिनसाथ देउवा पक्षको बैठक राखिएको हो । बैठकमा तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति छ । तत्कालीन केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार बैठकमा ८२ नेता उपस्थिति छन् ।
बैठकमा नेता शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, शशांक कोइराला, एनपी सावद, मिनेन्द्र रिजाल, बलबहादुर केसी, बद्री पाण्डे, जीवन परिवारसहितका नेताहरूको उपस्थिति छ ।
विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिले निर्वाचनको मुखमा पार्टीको नीति र नेतृत्व नबदली गएको भए पार्टीको अवस्था झनै कमजोर हुने निष्कर्ष निकालेको थियो । पुराना संस्थापनको बैठकमा बोल्ने नेताहरुले भने निर्वाचनको मुखमा विशेष महाधिवेशन गराएर पार्टीभित्र विवाद सृजना गराउँदा निर्वाचनमा नराम्रो हार व्यहोर्नुपरेको बताएका छ । 
बैठकमा तत्कालीन कार्यसमितिका सदस्यहरू शंकर भण्डारी र मोहन बस्नेतले विशेष महाधिवेशन गराएर पार्टीभित्र विवाद सृजना गराउँदा निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपरेको बताएका थिए ।
देउवा पक्षीय नेताहरूले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएका छैनन । निर्वाचन आयोगले विशेष महाधिवेशनलाइ मान्यता दिने निर्णयका विरुद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटको आगामी २२ चैतमा सुनुवाई हुँदैछ ।
