रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले खड्कालाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालतमा उपस्थित हुन सरकारी पक्षलाई आदेश दिएको हो ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Show cause order on Ramesh Lekhak's custodial interrogation petition

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले लेखकलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई आदेश दिएको हो । 

लेखकका तर्फवाट श्रीमती यशोदा लेखकले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि लेखकलाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारले सर्वोच्चमा गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निवेदन दिएको थियो ।

कान्तिपुर

Link copied successfully