मलेखु–मुग्लिन सडक तीन राति बन्द हुने

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै उक्त सडक मंगलबार राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको हो ।

चैत्र १६, २०८२

रमेशकुमार पौडेल

Malekhu-Muglin road to be closed for three nights

काठमाडौँ — स्तरोन्नतिका क्रममा रहेको नागढुंगा–मुग्लिन सडक अन्तर्गत मलेखु–मुग्लिन खण्ड तीन राति बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार सूचना जारी गर्दै उक्त सडक मंगलबार राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको हो ।

सूचना अनुसार उक्त सडक १९ चैतसम्म बन्द रहने छ । मलेखु–मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, स्थित घोप्टेभिरलगायतका विभिन्न स्थानमा सडक स्तरोन्नतिको काम भइरहेकाले पटक–पटक सवारी आवागमन बन्द गर्नु परेकाले केही दिन रातको समयमा बन्द गरेर काम गर्न लागिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

अहिले नागढुंगादेखि मुग्लिनसम्म तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नतिको काम भइरहेको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully