श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईद्वारा साइबर ब्युरोमा उजुरी

हर्कराज राईले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिएका छन् ।

चैत्र १६, २०८२

रासस

Labor Culture Party Chairman Hark Rai files complaint with Cyber ​​Bureau

काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सामाजिक सञ्जालमा आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा एक व्यक्तिविरुद्ध उजुरी दिएका छन् ।

अध्यक्ष राईले सुनिता खड्का नामको टिकटक आइडीबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिएका छन् ।

'म लगायत घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानुन बमोजिम हदैसम्मको कारवाही गरी पाऊँ,' अध्यक्ष राईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

रासस

Link copied successfully