प्रहरी हेडक्वार्टरमा गृहमन्त्री : ‘बोली व्यवहार सुधार्नुस्, प्रहरीलाई मोडल बनाउँछौं’ 

गृहमन्त्री गुरुङले प्रहरीको रासन सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि ल्याउने बताएका छन् ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Home Minister at Police Headquarters: 'Improve your language and behavior, we will make the police a model'

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन् । 

प्रहरीको डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायत विभिन्न निकायको अवलोकन गरेपछि उनले प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन सम्बोधन गरे । 

त्यस क्रममा उनले प्रहरीलाई सर्वसाधारणसँग बोली, व्यवहार सुधार्न निर्देशन दिँदै प्रहरीलाई मोडलका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको सुनाए । 'प्रहरीको रासन सुधारदेखि अनुसन्धानका लागि अत्यधुनिक प्रविधि ल्याउने काम हाम्रो हो,' उनले भने, 'तपाईंहरु काम गरेर देखाउनुस् ।' 

उनले प्रहरीका लागि चाहिने कपडाको उद्योगसमेत आफैं खोलेर गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । 'अरु आवश्यकताका स्रोत साधनहरु स्तरीय हुनुपर्छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully