ओली र लेखकलाई ५ दिन म्याद थप

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Oli and the writer's remand extended by 5 days

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै रहेको आधार देखाउँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति प्रदान गरिएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए । 

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र  तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो । 

उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो । 

Oli and the writer's remand extended by 5 days

कान्तिपुर

Link copied successfully