पूर्वगृहमन्त्री लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Former Home Minister Lekhak was produced before the Kathmandu District Court.

काठमाडौँ — शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो ।न्यायाधीश आनन्द श्रेष्ठकहाँ म्याद थपकाे पेसी रहेकाे स्रेस्तेदार तीर्थ भट्टराईले कान्तिपुरलाई बताए । यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो ।

Former Home Minister Lekhak was produced before the Kathmandu District Court.

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवास भक्तपुर कटुन्जेबाट पक्राउ गरेको थियो । आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जको हिरासतमा राखिएको छ ।

कान्तिपुर

Link copied successfully