सरकारलाई काम गर्न सजिलो होस् भन्दै राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग

आइतबार युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै युनियन भंग भएको घोषणा गरेका हुन् ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग भएको छ । आइतबार युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै युनियन भंग भएको घोषणा गरेका हुन् । 

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारी युनियनहरू खारेज गर्ने निर्णय गरेको थियो । त्यही निर्णयको स्वागत गर्दै अध्यक्ष ‌ओलीले युनियन भंग गरिएको घोषणा गरेका हुन् ।

ओलियाले कान्तिपुरसँग कुरा गर्दै भने,'नयाँ सरकारलाई काम गर्न सजिलो होस् भनेर हामीले युनियन भंग गरेका हौँ । सरकारले शासकीय सुधारको उद्देश्य राखेर थालेका कामलाई स्वागत गर्दै हामीले यो निर्णय गरेका हौँ ।'

ओलियाले सूचनामा भनेका छन्,'नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।'

कान्तिपुर

Link copied successfully