पार्टी अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका हुन् ।
काठमाडौं — अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
पार्टी अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा एमाले जिल्ला कमिटीले आ-आफ्नो जिल्ला प्रशासन कार्यालयबाट अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
