उनीहरुले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्षमा उत्रिएका एमाले कार्यकर्ताको प्रदर्शनका कारण अहिले बबरमहल क्षेत्र तनावग्रस्त भएको छ ।
उनीहरुले सडकका डिभाइडर तोडफोड गर्दै अघि बढेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । उनीहरुले डिभाइडर भेला पारेर जलाएका छन् ।
एमाले सचिवालय बैठकले सडक संघर्ष गर्ने निर्णय गरेसँगै २३ जनसंगठनहरू प्रदर्शनमा सामेल भएका हुन् ।
