बबरमहल सडकमा धुवाँको मुस्लो, सवारीसाधन ठप्प

एमाले अध्यक्ष ओलीको गिरफ्तारीको विरोधमा कार्यकर्ताले टायर बालेर सडक अवरुद्ध गरेपछि प्रहरी र प्रदर्शनकारीबीच तनाव बढेको छ ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Smoke billows on Babarmahal Road, vehicles are stuck

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिउका छन् ।

दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएका एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । माइतीघरदेखि बबरमहल-बिजुलीबजार क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ ।

कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरेका कारण सडकमा सवारीसाधन ठप्प छ । टायर र डिभाइड जम्मा पारेर कार्यकर्ताले जलाउँदा प्रहरीले त्यसलाई रोक्ने प्रयास गरेको छ ।

कान्तिपुर

Link copied successfully