आयोगको सिफारिस कार्यान्वयनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई आधार बनाउँदै कार्कीको घर वरिपरि सुरक्षा तैनाथी बढाइएको हो ।
काठमाडौँ — प्रहरीले २३ र २४ भदौमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको घर वरिपरि सरक्षा तैनाथी बढाएको छ ।
आयोगको सिफारिस कार्यान्वयनका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई आधार बनाउँदै सुरक्षा तैनाथी बढाइएको हो ।
उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार, कार्कीको घर समेत गुण्डुमै छ । भक्तपुरको गुण्डु क्षेत्रबाट ओली पक्राउ परेका थिए ।
आयोगका अध्यक्ष ओलीविरुद्ध एमाले नेता तथा कार्यकर्ताले अभिव्यक्ति दिइरहेकाले पनि सतर्कता अपनाउनु परेको ती अधिृकतले बताए ।
