ओली र लेखकलाई मेडिकल गराएपछि भद्रकालीको हिरासतकक्षमा राखिने

दुवै जनालाई मेडिकल गराएपछि त्यसपछि अनुसन्धानका लागि परिसरको भद्रकालीस्थित हिरासतमा राखिने तयारी गरिएको परिसरका एक प्रहरीले जानकारी दिए ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Oli and Lekhak will be kept in Bhadrakali's detention cell after undergoing medical examinations.

काठमाडौँ — जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहान निवासबाटै पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । 

Oli and Lekhak will be kept in Bhadrakali's detention cell after undergoing medical examinations.

दुवै जनालाई मेडिकल गराएपछि त्यसपछि अनुसन्धानका लागि परिसरको भद्रकालीस्थित हिरासतमा राखिने तयारी गरिएको परिसरका एक प्रहरीले जानकारी दिए ।

शुक्रबार गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगले गरेको कारबाहि सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखकलाई पक्राउ गरिएको हो । 

कान्तिपुर

Link copied successfully