ओली, लेखकलाई पक्राउ गर्न मध्यरातिसम्म बैठक गरेका गृहमन्त्री बिहानै ट्राफिकको अनुगमनमा

ओली र लेखकलाई पक्राउसम्बन्धी छलफलपछि गृहमन्त्री सुधन गुरुङ शनिबार उपत्यका ट्राफिक प्रहरी कार्यालयको काम र क्षतिको अनुगमन गर्न पुगेका हुन्।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Home Minister, who held a meeting until midnight to arrest Oli, writer, monitors traffic in the morning

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न मध्यरातिसम्म सुरक्षा प्रमुखसँग छलफल गरेका गृहमन्त्री सुधन गुरुङ शनिबार उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनमा पुगेका छन्।

ओली, लेखकलाई पक्राउ गर्न प्रहरी हिँडेका बेला समेत प्रहरी प्रधान कार्यालयमै बसेर सबै जानकारी लिएका गुरुङ त्यसपछि अनुगमनका लागि भन्दै ट्राफिक प्रहरी कार्यालय पुगेका हुन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले उनलाई आफ्नो टोलीको काम, कारबाहीबारे जानकारी गराएका छन्। त्यसक्रममा गुरुङले ट्राफिक प्रहरीबारे समेत ब्रिफिङ लिएका थिए।

२४ भदौमा ट्राफिक प्रहरी कार्यालयमा समेत क्षति पुगेको थियो।

Home Minister, who held a meeting until midnight to arrest Oli, writer, monitors traffic in the morning

कान्तिपुर

Link copied successfully