उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काको नेतृत्वमा टोली खटिएको छ । उनलाई निवासबाटै बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ — जेन–जी आन्दोलनमा दमन गरेको मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लखेकलाई प्रहरी परिसर भद्रकाली लगिँदै छ ।
उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काको नेतृत्वमा टोली खटिएको छ । उनलाई निवासबाटै बिहान प्रहरीले पक्राउ गरेको हो ।
त्यसलगत्तै प्रहरीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । उनलाई पनि गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।
ओलीलाई पक्राउ गर्ने क्रममा बिहान एमालेका नेता कार्यकर्ता र प्रहरीबीच केही तनाव उत्पन्न भएको थियो ।