कृषिमा पदभार ग्रहण गरेर वन मन्त्रालयतर्फ लागिन् मन्त्री गीता चौधरी 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदभार ग्रहण गरेर उनी वन तथा वातावरण मन्त्रालयमा जाँदै गरेको कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितले बताइन् ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — नवनियुक्त कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहणलगत्तै सिंहदरबार पुगेर मन्त्री चौधरीले पदभार ग्रहण गरेकी हुन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पदभार ग्रहण गरेर उनी वन तथा वातावरण मन्त्रालयमा जाँदै गरेको कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितले बताइन् । 

'उहाँले पहिले कृषि मन्त्रालयमा पदभार ग्रहण गर्नुभयो । अहिले हामी वन तथा वातावरण मन्त्रालय जाँदै छौं,' सहसचिव पण्डितले भनिन्, 'उहाँले अहिलेसम्म कुनै पनि निर्णय गर्नुभएको छैन ।'

कान्तिपुर

Link copied successfully