उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको पनि स्मरण गराएकी छन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै उनले बधाई दिएकी हुन् ।
उनले शाहलाई बधाई दिँदै आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको पनि स्मरण गराएकी छन् । उनले शाह नेतृत्वको सरकारले राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्ने आशा बोकेको पनि उल्लेख गरे ।
‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । मलाई आशा छ, राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर तपाईँको नेतृत्वको सरकारले काम गर्ने छ,’ उनले भनिन्, ‘तपाईँ र तपाईँको नेतृत्वको नयाँ मन्त्रिमण्डल सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकास र समृद्धिका लागि जनताले देखेको सपना पूरा गर्ने कार्यमा एक चित्त भएर लाग्ने छ भन्ने मैले आशा लिएको छु । तपाईँको कार्यकाल सफलताको शुभकामना ।’
