बालेन्द्र शाह ५ वर्षभन्दा पनि धेरै समय प्रधानमन्त्री हुनसक्छन् : रवि लामिछाने  

पहिलो मन्त्रीपरिषद् बैठकअघि छलफल गरेर निस्कने क्रममा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह पाँच वर्ष निरन्तर रहने पनि बताए ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Balendra Shah can remain Prime Minister for more than 5 years: Ravi Lamichhane

काठमाडौं — रास्वपा सभापति रवि लामिछनेले बालेन्द्र शाह ५ वर्षभन्दा पनि बढी समय प्रधानमन्त्री हनसक्ने बताएका छन् । पहिलो मन्त्रीपरिषद् बैठकअघि छलफल गरेर निस्कने क्रममा उनले प्रधानमन्त्रीमा शाह पाँच वर्ष निरन्तर हुने पनि बताए ।

प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले बालेन्द्र शाह पाँच वर्षमात्र नभई त्यो भन्दा पनि धेरै प्रधानमन्त्री हुनसक्ने टिप्पणी गरे । उनले शाहलाई प्रधानमन्त्री बनाउँदा गर्व महसुस भएको र वाचापत्रमार्फत गरेको वाचा पूरा गर्ने समय आएको बताए । उनले सरकारले वाचापत्रभित्रै रहेर काम गर्ने पनि बताए ।

कान्तिपुर

Link copied successfully