जाँचबुझ आयोगको प्रतिवेदनले गरेको सिफारिस अब बन्ने सरकारले कार्यान्वयन गर्नेछ : प्रधानमन्त्री कार्की

बिहीबार बिदाइ मन्तव्य दिँदै प्रधानमन्त्री कार्कीले जाँचबुझ आयोगको प्रतिवेदनले गरेका सिफारिस र सुझावका सन्दर्भमा आगामी सरकारले आवश्यक कदम चाल्ने बताएकी हुन् ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

The next government will implement the recommendations made in the Commission of Inquiry report: Prime Minister Karki

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी सरकारले २३ र २४ भदौको घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएकी छन् ।

आज बिदाइ मन्तव्य दिँदै प्रधानमन्त्री कार्कीले जाँचबुझ आयोगको प्रतिवेदनले गरेका सिफारिस र सुझावका सन्दर्भमा आगामी सरकारले आवश्यक कदम चाल्ने बताएकी हुन् । 

उनले सन्तुष्टि र आशा बोकेर आफू बिदा हुँदै गरेको उल्लेख गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने आयोग, सुरक्षा निकाय तथा सरकारी निकायका सबै अधिकारीहरुलाई पुन: धन्यवाद दिइन् ।

उनले निर्वाचन सम्पन्न भएसँगै नेपालले आफ्नो समस्या आफैँ सामना गर्न सक्छौँ भन्ने प्रमाणित गर्न सफल भएका बताइन् । यस्तै, कुनै दलले बहुमत ल्याउन सक्दैनन् भन्ने भाष्यलाई यो चुनावले गलत प्रमाणित गरिएको उनले बताइन् ।

कान्तिपुर

Link copied successfully